संसदको चाबी सरकारले बोक्ने परम्पराको अन्त्य हुनुपर्छ : डा.राउत

२०८१ माघ १८ गते शुक्रबार
सारांश
  • शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अन्य केही मुलुकमा संसद आफैपनि व्यवस्थापन गर्नसक्ने क्षमता भएको तर हाम्रोमा संसदको साँचो (चाबी) सरकारले नै बोक्ने गरेको बताए ।


काठमाडौं : जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले संसद सरकारले चलाए चल्ने नत्र नचल्ने बाध्यतामा रहेको बताएका छन् । 


शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अन्य केही मुलुकमा संसद आफैपनि व्यवस्थापन गर्नसक्ने क्षमता भएको तर हाम्रोमा संसदको साँचो (चाबी) सरकारले नै बोक्ने गरेको बताए । 


उनले भने, ‘संसद किन खुलिराखेको छैन भनेर चर्चा गर्दैगर्दा शक्ति पृथकीकरणको बहस गर्छौं । व्यवस्थापिका, न्यायपालिका, कार्यपालिका छुट्टै चल्न सक्ने भनेर मान्छौ । तर यहाँ संसदको साँचो (चाबी) सरकारले नै बोक्दो रहेछ । सरकारले अधिवेशन नबोलाउदासम्म संसद सुचारु नहुने खालको व्यवस्था छ । अन्य केही मुलुकमा संसद आफैपनि व्यवस्थापन गर्न सक्ने क्षमता राख्दछ । सरकारले संसदको साचोे राखिदिएपछि संसद सरकारले चलाए चल्ने नत्र नचल्ने अवस्था बन्यो । पार्टीको कार्यक्रम वा कुनै शीर्ष नेतालाई हाच्छिउँ आउँदा पनि संसद स्थगित हुनुपर्ने बाध्यतामा पुनबिचार गर्नुपर्छ ।


उनले न्यायपालिका र कार्यपालिकाको काममा पनि सरकारले हस्तक्षप गर्ने गरेको आरोप लगाए । 


उनले भने, ‘शक्ति पृथकीकरणको कुरा त गर्छौ तर न्यायलयले पहिले सरकारको फोन कुरेर बस्नुपर्ने अवस्था छ । मान्छेलाई हिरासतमा पठाउने कि पुर्पक्षमा पठाउने भनेर सरकारकै आधिकारीकबाट जानकारी लिएर फैसला गर्नुपर्ने अवस्थामा छौं । मान्छेलाई हतकडी लगाएर ७७ जिल्ला घुमाउनुपर्ने हो कि छाड्दिनु पर्ने हो त्यसमा न्यायपालिकामाथि हस्तक्षेप हुन्छ । यसलाई सुधार गर्न आवश्यक छ ।’

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार